जेठ ०३, २०८१, बिहीबार
               

नायक बन्ने तयारीमा छन् गायक नितेशजंग

नेपाल फ्ल्यास
माघ १३, २०७६

ADVERTISEMENT

गायक नितेशजंग कुँवरलाई नचिन्ने युवा पुस्ता कमै होलान् । यसवा पुस्तामा नितेशको क्रेज लोभलाग्दो नै छ । नितेशजंगका धेरै गीतहरु लोकप्रिय भएका छन् । उनका हरेक गीतले युट्युबको ‘ट्रेन्डिङ’मा स्थान बनाएको हुन्छ ।

अब भने नितेशलाई चलचित्रको पर्दामा पनि देख्न पाइने भएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रको लागि नितेश तयार भएका हुन् । सुरेन्द्र र नितेशबीच मैखिक सम्झौता भइसकेको छ । 

यस चलचित्रको लागि सुरेन्द्रले नायिकाको रुपमा कृबाट डेब्यु गरेकी नायिका अदिती बुढाथोकीलाई रोजेका छन् । तर, अदितीसँग पनि कागजी सम्झौता भएको छैन् । अदिती चलचित्रको लागि तयार भने छिन् । 

सम्पादनमा निकै सफल सुरेन्द्रले चलचित्र ‘कृ’मार्फत् निर्देशनमा हात हालेका थिए । नाम तय भइनसकेको यस चलचित्र उनको दोस्रो निर्देशकिय चलचित्र हुनेछ । 


कस्तो लाग्यो ?

यो पनि