जेठ ०२, २०८१, बुधबार
               

कस्तो बन्ला दीपेन्द्रको ‘२ नम्बरी’ ?

नेपाल फ्ल्यास
माघ १३, २०७६

ADVERTISEMENT

निर्देशक दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘२ नम्बरी’को निर्माण हुने भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको छ । 

चलचित्रमा दयाहाङ राई, पल शाह, वर्षा राउत र वुद्धि तामाङको मुख्य भूमिका रहने छ । २ जना साथीको कथा भन्ने यस चलचित्रमा दयाहाङ र पल साथी बन्नेछन् । निर्देशक लामाका अनुसार चलचित्रले साथीबीचको मित्रता र सत्रुपनलाई देखाउने छ । 

अभिनेता दयाहाङ राई आफूलाई चलचित्रको कथा मन परेकाले चलचित्रमा काम गर्न तयार भएको बताउँछन् । पललाई पनि चलचित्रको विषयबस्तुले नै तान्यो । नायिका वर्षा राउतले चलचित्रमा आफूले पाएको भूमिका निकै राम्रो भएको बताउँछिन् । आफ्नो भूमिकाबाट दर्शक सन्तुष्ट हुने दावी गरिन् । 

‘रेड बर्ड प्रोडक्शन’ र ‘आरआर फिल्म प्रोडक्शन’को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा कार्यकारी निर्माताको रुपमा रत्न श्रेष्ठ छन् । किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रमा रोहित कट्टेल र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई सह–निर्माताको रुपमा छन् ।

निर्देशक लामाकै कथा रहेको चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । 

माघको २५ गतेबाट छायांकनमा जाने यस चलचित्रले आउँदो बर्षको जनैपूर्णिमामालाई रिलिज मिति पक्का गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि