जेठ ०३, २०८१, बिहीबार
               

'चपली हाइट ३'को गीतमा बोल्ड स्वस्तिमा र सुपुष्पा

नेपाल फ्ल्यास
माघ १३, २०७६

ADVERTISEMENT

अर्जुन कुमारको निर्माणमा तयार भएको चलचित्र ‘चपली हाइट ३’को सम्पूर्ण छायांकन सकिएको छ । सोमबार एक गीतको छायांकन सकेर चलचित्रको प्याकअप गरिएको हो । 

आइतबारबाट चलचित्रमा समावेश ‘चारानाको मसला’को छायांकन सुरु गरिएको थियो । काठमाडौंको ठमेलको एक क्लबमा दुई दिन लगाएर उक्त गीतको छायांकन सकाइएको हो । 

गीतको भिडियोमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठीले अभिनय गरेका छन् । भिडियोमा स्वस्तिमा र सुपुष्पालाई बोल्ड अवतारमा प्रस्तुत गरिएको छ ।  

‘चरानाको मसला’ गीतमा अस्मिता अधिकारी र राज खम्बुको स्वर, सुवाष भुषालको संगीत छ । यो गीतको भिडियोलाई प्रदिप लामाले कोरियोग्राफी गरेका हुन् । गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । 

निकेश खड्काले निर्देशन गरेको चलचित्रले चैत्रको २८ गतेलाई रिलिज मिति तय गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि