जेठ ०२, २०८१, बुधबार
               

'अर्जुन रेड्डी'को रिमेक निर्देशन गर्दै 'सेल्फी किङ्ग' निर्देशक

नेपाल फ्ल्यास
माघ १२, २०७६

ADVERTISEMENT

विशाल सापकोटाको निर्देशनमा बनेको चलचित्र ‘सेल्फी किङ्ग’ रिलिजको तयारीमा छ । विशालले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गरेका हुन् । 

डेब्यु चलचित्र रिलिज नहुदैँ विशाल दोस्रो चलचित्र निर्देशनको लागि कम्मर कसेका छन् । उनले तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को रिमेकको निर्देशन गर्ने भएका छन् । ‘यूवा फिल्मस्’ले यो चलचित्रको नेपाली रिमेक निर्माण गर्ने अधिकार लिएको छ । 

निर्देशकको रुपमा विशाल अनुवन्धित भएपछि अब निर्माणपक्ष कलाकारको छनोटमा लनगेको छ । स्थापित कलाकार भएपनि अडिसनबाट नै कलाकार तय गरिनेनिर्माण पक्षले बताएको छ । 

यस चलचित्रको निर्माणमा जी २१ फिल्मस्ले पनि सहकार्य गर्ने भएको छ । जी २१ को तर्फबाट असिम शाह र आसिफ शाहले सम्झौता गरिसेका छन् । 

नेपालमा विदेशी चलचित्रको राइट्स नै लिएर चलचित्र निर्माण भएको छैन । यसैले पनि यस चलचित्रलाई दर्शकले प्रतिक्षा गरिहरेका छन् । यस चलचित्र बलिउडमा समेत ‘कविर सिंह’को नाममा बनिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि