जेठ ०२, २०८१, बुधबार
               

'साङ्लो'को गीतमा विराजसँग निकिताको ठुम्का

नेपाल फ्ल्यास
माघ १२, २०७६

ADVERTISEMENT

विराज भट्ट चलचित्र ‘साङ्लो’मार्फत् चलचित्र क्षेत्रमा कमब्याक गर्दैछन् । उक्त चलचित्र रिलिजको नजिक आइसेकको छ । चलचिधमा समावेश पहिलो गीत र ट्रेलर सार्वजनिक भइसकेको छ । गीत र ट्रेलरलाई दर्शकले रुचाएका छन् । 

यस्तैमा चलचित्रको दोस्रो गीत रिलिज भएको छ । आइतबार युट्युबमार्फत् चलचित्रमा समावेश ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा सुरेश अधिकारीले संगीत दिएका छन् । निशान भट्टराई र अन्जु पन्तको स्वर रहेको गीतमा निशानकै शब्द छ ।

डान्सिङ नम्बरमा तयार पारिएको गीतको भिडियोमा विराज भट्ट र निकिता चण्डक फिचर छन् । रामजी लामिछानेको करियोग्राफीमा तयार भएको भिडियोमा विराज र निकिताको जोडी सुहाएको छ ।

माघ २४ गते रिलिज हुने चलचित्रमा विराज र निकिताको सँगै जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त लगायतको अभिनय छ । विराज भट्टकै निर्देशनमा तयार भएको यो चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ । 

एक्सनप्रधान चलचित्रमा श्री श्रेष्ठको एक्सन रहेको छ । मानकृष्ण महर्जनले खिचेको चलचित्रलाई अर्जुन जीसीले सम्पादन गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि