जेठ ०२, २०८१, बुधबार
               

'दि कर्मा'को नयाँ गीत रिलिज

नेपाल फ्ल्यास
माघ १०, २०७६

ADVERTISEMENT

चलचित्र ‘दि कर्मा’को ‘साना साना सपना’ बोलको गीत सार्वजनिक भएको छ । केतन क्षेत्रीको स्वर रहेको गीतमा मानसविक्रम थापा र अंकित बाबु अधिकारीको संगीत सुन्न सकिन्छ । गीतमा मानसविक्रमकै शब्द समावेश छन् । 

गीतको भिडियोमा जयराज राय र संगीता नापितलाई देख्न सकिन्छ । प्रेमभावमा बनेको यस गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् ।

चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा'को जयराज राय, श्रीदेव बि.एल. र निशा खतिवडाको लगानी रहेको छ । चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् ।

सुशिल पोखरेलको पटकथा तथा संवाद रहेको चलचित्रले नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनालाई देखाएको छ । चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।

माघ १७ गते रिलीज हुने चलचित्रको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । चलचित्रमा जय र संगीतासँगै परमिता आर. एल. राणा, करण वर्मा, नीता ढुंगाना, बुद्दी तामाङ, अनुप सक्सेना लगायतका कलाकारहरुको अभिनय रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि