जेठ ०३, २०८१, बिहीबार
               

पुनः एकसाथ काम गर्दै दयाहाङ र विपिन

नेपाल फ्ल्यास
माघ १०, २०७६

ADVERTISEMENT

चलचित्र ‘के घर के डेरा’ निर्माण हुने भएको छ । ३५ वर्ष पहिला यसै नाममा चलचित्र निर्माण भएको थियो । सोही नामलाई सापट लिएर सुव्रतराज आचार्यले चलचित्र बनाउन लागेका हुन् । 

चलचित्रको लागि अभिनेताद्वय दयाहाङ राई र विपिन कार्की पक्का भइसकेका छन् । चलचित्रको लागि रविन्द्र झासँग पनि कुरा भइरहेको छ । विपिन र दयाहाङको सहकार्य यसअघि चलचित्र 'जात्रै जात्रा'मा भएको थियो । उनीहरुले 'लुट' र 'लुट २'मा पनि सँगै काम गरेका थिए । 

नायिकामा भने वर्षा राउतको चर्चा चलिरहेको छ । तर, वर्षालाई चलचित्रमा लिए जात्रै जात्राको फ्लेवर आउने सोचले निर्माण पक्षले वर्षालाई पक्का गरेको छैन् । 

सिंगे लामाको प्रस्तुतीमा बन्न लागेको चलचित्रलाई शरद श्रेष्ठ र किरण महर्जनले निर्माण गर्नेछन् । चैतबाट छायांकन सुरु हुने यस चलचित्रलाई दसर्घ खड्काले खिच्नेछन् ।


कस्तो लाग्यो ?

यो पनि