जेठ ०३, २०८१, बिहीबार
               

७० दिनमा सकियो 'प्रेम गीत ३'को छायांकन

नेपाल फ्ल्यास
माघ ०९, २०७६

ADVERTISEMENT

चलचित्र ‘प्रेम गीत ३’ ले आफ्नो पूर्ण छायांकन सकाएको छ । छायांकन सुरु भएको ७० दिनमा चलचित्रको पूर्ण छायांकन सकिएको हो । चलचित्रको ४५ प्रतिशत छायांकन काठमाडौंमा एक भव्य सेट तयार गरेर गरिएको थियो । बाकीँ ५५ प्रतिशत छायांकनको लागि निर्माण पक्ष मनाङ पुगेको थियो । 

मनाङमा माइनल डिग्री तापक्रम सहेर १ महिना लगतार छायांकन गरिएको निर्माता सन्तोष सेनले बताए । मंगलबार छायांकन सकिएपछि बुधवार चलचित्रको जम्बो टोली काठमाडौं आइपुगेको छ ।

निर्माता सेनका अनुसार चलचित्रको एक प्रोमोशनल गीत खिच्न मात्र बाकीँ छ । नत्र पूर्ण रुपमा चलचित्रको दृष्यहरु कैद भइसकेका छन् । चलचित्रको छायांकनसँगै एकसाथ सम्पादनको काम पनि भइरहेको छ ।

‘आशुसेन फिल्मस्’को व्यानरमा बनेको यस चलचित्रको लागत तीन करोड पुग्ने अनुमान गरिएको छ । चलचित्रको लागि सबैभन्दा ठूलो खर्च काठमाडौंमा निर्माण गरिएको सेट र मनाङमा मुस्ताङबाट मगाइएको घोडामा भएको बताइएको छ ।

चैत २८ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई छेतेन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गरेका हुन् । चलचित्रमा नायक प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतको अभिनय छ ।


कस्तो लाग्यो ?

यो पनि