जेठ ०२, २०८१, बुधबार
               

युट्युबमा आयो सौगात र विपिनको ‘लालपूर्जा’

नेपाल फ्ल्यास
माघ ०९, २०७६

ADVERTISEMENT

अभिनेताद्वय सौगात मल्ल र विपिन कार्की स्टारर चलचित्र ‘लालपूर्जा’ युट्युबमा रिलिज गरिएको छ । हलमा रिलिज भएको लामो समयपछि मात्र चलचित्रलाई युट्युबमा राखिएको हो । 

रिलिजपूर्व निकै चर्चामा रहेको यस चलचित्रले हलमा भने दर्शक पाएको थिएन । समिक्षात्मक रुपमा पनि चलचित्र निकै कमजोर ठहरिएको थियो । व्यापारिक रुपमा चलचित्र सुपर फ्लप नै भएको थियो । 

युट्युबमा भने चलचित्रले राम्रै दर्शक पाइरहेको छ । चलचित्रलाई युट्युबका दर्शकले भने रुचाएका छन् । धेरैले सौगात र विपिनको काम उत्कृष्ट भएको प्रतिकृया दिएका छन् । 

निगम श्रेष्ठको निर्देशनमा तयार भएको यस चलचित्रमा मेनुका प्रधान, हरिहर शर्मा, कामेश्वर चौरासियाको पनि मुख्य भूमिका रहेको छ । यसै चलचित्रबाट नायिका मिरुना मगरले चलचित्र क्षेत्रमा डेब्यु गरेकी थिइन् । चलचित्रलाई विक्रम सिंह थारु र उमेश श्रेष्ठले निर्माण गरेका हुन् । 
 


कस्तो लाग्यो ?

यो पनि