जेठ ०२, २०८१, बुधबार
               

'ए मेरो हजुर ४' मा सलोनको भूमिका के ?

नेपाल फ्ल्यास
माघ ०९, २०७६

ADVERTISEMENT

निर्देशकको रुपमा आफूलाई स्थापित गरेकी नायिका झरना थापा अहिले ‘ए मेरो हजुर ४’ निर्देशनको तयारीमा लागिरहेकी छिन् । चलचित्रको लागि नायक अनमोल केसी र नायिका सुहाना थापा पक्का भइसकेका छन् । 

यस्तैमा, चलचित्रको लागि अभिनेता सलोन बस्नेत फाइनल भएका छन् । ए मेरो हजुर २ र ३ मा पनि देखिएका सलोनलाई झरनाले ४ मा पनि लिएकी छिन् । सलोनको काम उत्कृष्ट रहेको भन्दै झरनाले सलोनलाई छोड्न सकेकी छैनन् । 

‘ए मेरो हजुर २’ मा सलोन नायक सलिनमान बनियाको साथी बनेका थिए । ‘ए मेरो हजुर ३’ मा भने उनी अनमोल केसीको साथी बने । अब ‘ए मेरो हजुर ४’ मा पनि सलोन अनमोलको साथी कै भूमिकामा प्रस्तुत हुनेछन् । 

सलोन यस्ता कलाकार हुन्, जसले आफूलाई मुख्य भूमिकामा सफल बनाउन सकेका छैनन् । तर, साहायक भूमिकामा काम गर्दा उनले मुख्य कलाकारको भन्दा बढि प्रशंसा पाउने गर्छन् । त्यसैले सलोनलाई साहयक भूमिका फाप्छ भन्नेहरु धेरै छन् । 

‘ए मेरो हजुर ४’लाई सुनिल कुमार थापाले निर्माण गर्न लागेका हुन् । ए मेरो हजुर २ र ३ निर्देशन गरेकी झरनाले नै यस चलचित्रलाई निर्देशन गर्नेछिन् । हाल वर्कसप चलिरहेको चलचित्र चाडौं छायांकनमा जानेछ ।


कस्तो लाग्यो ?

यो पनि