जेठ ०२, २०८१, बुधबार
               

‘एन्टी हिरो’मा अनमोलको जोडी जसिता

नेपाल फ्ल्यास
माघ ०८, २०७६

ADVERTISEMENT

अनमोल केसीको मुख्य भूमिका रहने चलचित्र ‘एन्टी हिरो’को लागि नायिका पक्का भएको छ । बुधबार निर्माण पक्षले नायिका जसिता गुरुङलाई चलचित्रको लागि पक्का गरेको हो । निर्माता भुवन केसी र नायिका गुरुङबीच लिखित सम्झौता पनि भइसकेको छ । 

केही समयदेखि एन्टी हिरोमा जसिता नायिका हुने गसिपहरु चलिरहेको थियो । तर, निर्माण पक्षले उक्त कुरालाई स्विकारेको थिएन । अब भने अनमोल र जसिताले जोडी बाध्ने पक्का भएको छ । 

अभिनेता भुवन केसी पनि यस चलचित्रमा देखदैँछन् । यस चलचित्रमा उनी खलपात्रको रुपमा प्रस्तुत हुनेछन् । बाउ-छोरा नै चलचित्रमा देखिने भएकाले यस चलचित्रलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । 

चलचित्रको लागि अहिलेसम्म निर्देशक पक्का भएका छैनन् । बुझिए अनुसार यस चलचित्रलाई बलिउडमा निर्देशकले निर्देशन गर्नेछन् । अहिले चलचित्रको स्कृप्टमा काम भइरहेको छ । चलचित्रकोको छायांकन बैशाख १ गतेबाट सुरु हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि