जेठ ०४, २०८१, शुक्रबार
               

जब प्रमोदले ३ लाख आसामी दर्शकलाई झुमाए

नेपाल फ्ल्यास
पुस २४, २०७६

ADVERTISEMENT

गायक प्रमोद खरेल आसाम पुगेर फर्किएका छन् । आसाममा आयोजित डेइजिंग फेस्टिवलमा सहभागि हुन उनी आसाम पुगेका थिए । १२ दिन चलेको उक्त फेस्टिवल उनले आफ्नो प्रस्तुती पनि दिएका छन् ।  फेस्टिवलको अन्तिम दिन अर्थात् जनवरी ७ मा प्रमोदले दर्शकलाई झुमाएका थिए ।

यस फेस्टिवलमा सहभागी हुने प्रमोद नेपालको पहिलो गायक हुन् । उनी आफ्नै व्याण्ड सहित आसाम पुगेका थिए । त्यीहाँ प्रमोदले आफ्नो हिट गीतहरुदेखि पूराना गीतहरु पनि गाएका थिए । प्रमोदलाई गायिका मिना निरौलाले पूराना गीत गाउनको लागि साथ दिएकी थिइन् ।

प्रमोदले करिव २ घण्टासम्म गीत गाएका थिए । ३ लाख हाराहारी दर्शक प्रमोदको निरन्तर रुपमा हिटिङ र ताली दिइरहेका थिए । प्रमोदले आसामलाई आफ्नो मामाघर भनेर सम्बोधन गरे । त्यसपछि प्रमोदलाई ‘भान्जा’ भन्दै हिटिङ गर्नेहरु धेरै थिए ।

फेस्टिवलमा प्रमोदले भिजिट नेपालको पनि प्रचार गर्न भ्याए । उनले त्यहाँ भिजिट नेपाल २०२० को बारेमा बोले । दर्शकलाई नेपाल आउन अनुरोध गरे । आयोजकलाई हामीले नेपाली टोपी लगाएर नै नेपाल बोलाएका छन् ।

बोडोलैड पर्यटन बोर्ड तथा डेइजिंग फेस्टिभल बोर्डको आयोजनामा भएको उक्त कार्यक्रमको भव्य स्टेज, लाइट अनि व्यवस्थापन निकै राम्रो भएको र त्यहाँ आफूले राम्रो सम्मान पाएको प्रमोदले सुनाए । यस कार्यक्रम ऐतिहाशिक भएको प्रमोद बताउँछन् ।

एसियाका विभिन्न कलाकारहरुको उपस्थिति रहेको यस फेस्टिवलमा बलिउडका धेरै सेलिब्रेटीहरुको प्रस्तुती रहेको थियो । बलिउडबाट मिका सिंह, विशाल शेखर, निति मोहनलगायतले त्यहाँ आफ्नो प्रस्तुति दिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि