जेठ ०४, २०८१, शुक्रबार
               

‘म यस्तो गीत गाउँछु २’ को ‘दुखको काँडा’ सार्वजनिक

नेपाल फ्ल्यास
पुस २४, २०७६

ADVERTISEMENT

फागुन २३ गते रिलिज हुने चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को दोस्रो गीत सार्वजनिक भएको छ । बिहिबार युट्युबमार्फत् चलचित्रमा समावेश ‘दुखको काँडा’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । देवल भण्डारीको शब्द रहेको गीतमा सनिश श्रेष्ठले स्वर दिएका छन् ।

गीतको भिडियोमा चलचित्रका मुख्य दुई कलाकार पल शाह र नायिका पूजा शर्मा फिचर छन् । भिडियोमा उनीहरुको प्रेमलाई देखाइएको छ । भर्खरै प्रेममा पर्दाको अवस्थालाई भिडियोमा समेटिएको छ । रामजी लामिछानेको करियोग्राफीमा तयार भएको भिडियोको मेकिङ पनि राम्रो छ ।

लभ स्टोरी जनरामा निर्माण भएको यस चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन् । चलचित्रमा सुदर्शन र पूजा निर्माताको रुपमा रहेका छन् । चलचित्रमा जन्मजय र सम्पाङ राई सह-निर्माताको रुपमा रहेका छन् । चलचित्रलाई सौरभ लामाले खिचेका छन् ।

यस अघि चलचित्रमा समावेश ‘तिम्रो घरको वरीपरी’ बोलको गीत सार्वजनिक गरिएको थियो । उक्त गीतले सार्वजनिक भएको केही समयमा नै ५० लाख भ्युज पाएको छ । उक्त गीतले पनि उत्कृष्ट प्रतिकृया पाइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि