जेठ ०४, २०८१, शुक्रबार
               

कार दुर्घटनाको २५ दिनपछि परमिताले स्विकारिन गल्ती

नेपाल फ्ल्यास
पुस २३, २०७६

ADVERTISEMENT

बूढानीलकण्ठमा कारको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको लामो समय बितिसक्यो । बा १४ च ६१२३ नम्बरको कार दुर्घटना मंसिर २८ गते भएको थियो । दर्घटनामा गोरखाकी लीला देवकोटाको ज्यान गएको थियो । आज २५ दिन बित्यो ।

उक्त दुर्घटना भएको गाडीमा नायिका परमिता राज्यलक्ष्मी राणा पनि सवार रहेको अपुष्ट खबरहरु त्यसै समय आएका थिए । तर, यस विषयमा न परमिता बोलिन न प्रहरी नै बोल्यो । सब चुप थिए । 

यस्तैमा, बुधबार नायिका राणाको फेसबुकमा लामो स्टाटस आयो । उक्त स्टाटसबाट उनले आफू उक्त गाडीमा सवार भएको स्विकारेकी छिन् । उक्त घटनापछि के बोल्ने के नबोल्ने भएकाले आफू चुप रहेको उनले लेखेकी छिन् । उनले उक्त घटनापछि आफू विक्षिप्त बनेको भन्दै उनले आत्महत्याको सोचसमेत आएको उल्लेख गरेकी छन् ।

रणाका अनुसार गाडी हाँक्ने पृथ्वी मल्ल उनका सामान्य साथी हुन् । सोही साथीको खाजा खाने प्रस्तावलाई स्विकारेर उनी सँगै गएकी थिइन् । त्यस रात उनीहरु सँगै ‘नाइट आउट’मा थिए भन्ने आशय उनको स्टाटसबाट पत्तो पाउन सकिन्छ ।

उनले लेखेकी छिन्, ‘म एकदमै आत्तिएकी थिएँ । मानिसहरु ममाथि आइलाग्न सक्ने अवस्था देखेर एक स्थानीयले मलाई आफ्नो बाइकमा बस्न आग्रह गरे, र मलाई भगाए ।’ त्यहाँको स्थानियले सोध्दा आफूले कारभित्र रहेको कुरा भनेकी उनले लेखेकी छिन् ।

घटनापछि आफूले पारिवारिक वकिललाई भेटेर सुझाव मागेको उनले बताएकी छन् । वकिलले दिएको सुझावअनुसार सामाजिक सञ्जालका अकाउन्ट निस्क्रिय पारेर बसेको उनको भनाई छ । 

गाडी चालक पृथ्वी मल्लले मादक पदार्थ सेवन गरेको पुष्टि भएको छ । प्रहरीकाअनुसार गाडीमा मल्लसहित परमिता, करिश मास्के र एलिना थापा सवार थिए ।


कस्तो लाग्यो ?

यो पनि