जेठ ०४, २०८१, शुक्रबार
               

यस्तो बन्यो विपिन स्टारर 'सेल्फी किङ्ग'को ट्रेलर

नेपाल फ्ल्यास
पुस २२, २०७६

ADVERTISEMENT

माघ २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सेल्फी किङ्ग’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा एक कलाकारको जीवनमा आएका उत्तर चढाबलाई देखाइएको छ ।

एक चर्चित टेलिभिजन कलाकारको ३ दिनको जीवनलाई पर्दामा प्रस्तुत गरिएको चलचित्रमा हाँस्यकलाकारको रुपमा अभिनेता विपिन कार्की फिचर भएका छन् ।

विशाल सापकोटाले निर्देशन गरेको यस चलचित्रमा विपिनसँगै लक्ष्मी वर्देवा, अभय बराल, भूवन चन्द, लोकमणी सापकोटा, जीवन भट्टराई लगायतको मुख्य भूमिका छ । नायिका केकी अधिकारी चलचित्रको एक गीतमा नाचेकी छिन् ।

सुवास थापा र दिनेश राउत निर्माता रहेको चलचित्रमा प्रवल कोइराला र राजेश विसुराल सह–निर्माताको रुपमा छन् । सुशन प्रजापतिले खिचेको चलचित्रमा जीवन थापाको सम्पादन छ ।


कस्तो लाग्यो ?

यो पनि