जेठ ०४, २०८१, शुक्रबार
               

‘चिसो एस्ट्रे’को कथा के हो ?

नेपाल फ्ल्यास
पुस २२, २०७६

ADVERTISEMENT

केही दिन अगाडि फस्ट लुक पोस्टर सार्वजनिक गरेको चलचित्र चिसो एस्ट्रेले आफ्नो प्रदर्शन मिति पक्का गरेको छ । दिनेश पाल्पाली ‘दिन्श’को निर्देशनमा तयार भएको यस चलचित्र जेठ १६ गतेबाट रिलिज हुन लागेको हो ।

गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रालाई चलचित्रको मुख्य विषयबस्तु बनाइएको छ । आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथालाई चलचित्रको पर्दामा देखाइएको छ ।

निर्देशक दिन्शले यसअघि ‘बालकृष्ण समः अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए, जुन काठमाडौं पर्वतीय चलचित्र महोत्सव (किम्फ)सँगै  थाइल्यान्ड, क्यालीफोर्निया, चीन आदि देशका चलचित्र महोत्सवमा छनोट भइ विभिन्न अवार्ड जित्न सफल भएको थियो ।

निर्देशक पाल्पालीले चलचित्रले मुख्य चार चरित्रमार्फत् मानिसको अन्तरयात्राको कथालाई पर्दामा प्रस्तुत गर्ने जमर्को गरेको बताए । ‘ चलचित्रले गाउँबाट सहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा भन्ने प्रयास गरेका छ,’ दिन्शले भने, ‘तर, आधुनिक बन्ने चक्करमा उसले आफूलाई नै गुमाउन पुग्छ । आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरु यात्रुको कथा नै चिसो एस्ट्रे हो ।’ 

चलचित्रमा दिव्य देव, निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ, सृष्टि श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको छ ।

‘कंगारु क्रिएसन’ र ‘लोकल सिनेमा’को संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले  प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रबिन स्याङ्बोले सघाएका छन् । अजर जंगमको संगीत रहेको चलचित्रमा उज्जल बस्ताकोटीको छायांकन रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि