जेठ ०४, २०८१, शुक्रबार
               

‘एक भिलेन २’मा भिड्दैछन् जोन र आदित्य

नेपाल फ्ल्यास
पुस २१, २०७६

ADVERTISEMENT

निर्देशक मोहित सुरी सन् २०१४ मा रिलिज भएको चलचित्र ‘एक भिलेन’को सिक्वोल बनाउने तयारीमा छन् । अहिले चलचित्रको लागि कलाकारहरुको छनोट कार्य भइरहेको छ ।

चलचित्रको लागि केही समय अगाडि नै मोहितले अभिनेता जोन अव्राहमसँग कुरा गरिसकेका थिए । सोही साय नै जोन चलचित्रको लागि तयार भएका हुन् ।

अब भने चलचित्रको लागि अर्का मुख्य कलाकार पनि पक्का भएका छन् । चलचित्रको लागि आदित्य रोय कपुर पक्का भएका हुन् ।


एक भिलेन भन्दा विल्कुलै नयाँ कथामा बन्न लागेको यस चलचित्रमा जोन र आदित्य एकआपसमा भिड्नेछन् । चलचित्रको लागि नायिकाको भने पक्का भएको छैन् । निर्देशक सुरी चल्तिवकी नायिकालाई आफ्नो चलचित्रमा लिन लागिरहेका छन् ।

२०२० को मध्य तीर छायांकनमा जाने यस चलचित्रको लागि अहिले स्कृप्ट र संगीतमा काम भइरहेको छ । चलचित्रलाई भुषण कुमार र एक्ता कपुरले निर्माण गर्न लागेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि