जेठ ०४, २०८१, शुक्रबार
               

शैली थिएटरमा सुरु भयो 'विवाहको प्रस्ताव'

नेपाल फ्ल्यास
पुस २०, २०७६

ADVERTISEMENT

रातोपुलमा रहेको शैली थिएटरमा नयाँ नाटकको मञ्चन सुरु भएको छ । पुस १८ गते अर्थात् शुक्रबारबाट शैली थिएटरमा ‘विवाहको प्रस्ताव’ नामक नाटकको मञ्चन सुरु भएको हो ।

नवराज बुढाथोकीले निर्देशन गरेको यस नाटक रुसी साहित्यकार एन्टोन चेखबले लेखेको ‘दि म्यारिज पर्पोजल’लाई नेपालीकरण गरेर तयार गरिएको हो । नाटकले विवाह र विवाहको प्रस्तावको विषयलाई कमेडी शैलीमा प्रस्तुत गरेको छ ।

नाटकमा पात्रहरुले गलत काम गरिरहेका हुन्छन् । बीचबीचमा उनीहरुको असली हर्कत देखिन्छ । त्यसैलाई नाटकमा रोचक ढंगबाट प्रस्तुत गरिएको छ । विवाहको लागि झुटो बोल्ने प्रचलनमाथि व्यङ्गय गरेको छ ।

नाटकमा सशांक बोहरा, स्नेहा पौडेल, सुवास सुवेदीको अनुहार देखिन्छ । देबेन्द्र बब्लु, भारती रिजाल, रोबिन तामाङ, बिशाल घिमिरे, दिप्ती पौडेल, निर्भिक भट्टराई, रुपक काफ्ले र सन्तोष बराइली भने माक्स लगाएर मञ्चमा प्रस्तुत हुनेछन् ।

शैली थिएटर र रुसी सांकृतिक केन्द्रको प्रस्तुतीमा तयार भएको यो नाटक माघ १० गतेसम्म मञ्चन हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि