जेठ ०४, २०८१, शुक्रबार
               

‘कमाण्डर’ को ट्रेलरमा अनुप र रविनको टक्कर

नेपाल फ्ल्यास
पुस १८, २०७६

ADVERTISEMENT

नेपाली चलचित्र ‘कमान्डर’को ट्रेलर सार्वजनिक भएको छ । युट्युबमार्फत् सार्वजनिक गरिएको ट्रेलरमा द्वन्द्वलाई विशेष स्थान दिइएको छ ।

ट्रेलरमा चलचित्रका मुख्य दुई कलाकार अनुपविक्रम शाही र रविन तामाङबीच टक्कर परेको देख्न सकिन्छ । ट्रेलरमा अनुप प्रहरी अधिकृत र रविन तस्करको भूमिकामा प्रस्तुत भएका छन् ।

एलआर विवेक सापकोटाको निर्देशनमा बनेको चलचित्रले आफ्नो प्रदर्शन मिति पनि तय गरेको छ । ट्रेलरमा उल्लेख भए अनुसार यस चलचित्र माघ १० गते रिलिज हुनेछ ।

चलचित्रमा अनुपविक्रम र रविनका साथमा ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, साधना सिलवाल, दिनेश केसी, कालु राना, तेजा ऐर तथा नव नायिका सगुन थापाको मुख्य भूमिका रहेको छ । ‘सुपेरियर फिल्मस्’को ब्यानरमा निर्माण भएको यस चलचित्रमा निर्देशक एलआरकै लेखन र निर्माण रहेको छ । चलचित्रका सह निर्मातामा सावन जंग राना हुन् ।

दिब्य सुवेदीले खिचेको चलचित्रमा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको संगीत छ ।


कस्तो लाग्यो ?

यो पनि