जेठ ०४, २०८१, शुक्रबार
               

वरुणसँग रोमान्टिक बनिन् सारा

नेपाल फ्ल्यास
पुस १८, २०७६

ADVERTISEMENT

अहिले चलचित्र कुल्ली नम्बर १को छायांकन चलिरहेको छ । डेभिड धवनको निर्देशनमा बनेको यस चलचित्रमा वरुण धवन र सारा अलि खानको मुख्य भूमिका रहेको छ ।

चलचित्रको छायांकन सेटबाट यी दुई कलाकारको लुक्स बाहिरिएको छ । तस्विरमा उनीहरुलाई निकै रोमान्टिक अवतारमा देखाइएको छ । दुबै त्यहाँ सेतो पहिरनमा सजिएका छन् । तस्विरमा वरुणले सारालाई जुरुक्कै बोकेको देख्न सकिन्छ ।

‘कुल्ली नम्बर १’ गोविन्दा र करिश्मा कपुर अभिनित चलचित्र ‘कुल्ली नम्बर १’को रिमेक हो । यस चलचित्रमा वरुण र साराले पहिलो पटक स्कृन सेयर गरेका हुन् । उनीहरुको जोडीलाई दर्शकले प्रतिक्षा गरिरहेका छन् । यस चलचित्र मे १ मा रिलिज हुँदैछ ।


कस्तो लाग्यो ?

यो पनि