जेठ ०४, २०८१, शुक्रबार
               

विराजको ‘साङ्लो’ ट्रेलर रिलिज

नेपाल फ्ल्यास
पुस १८, २०७६

ADVERTISEMENT

चलचित्र ‘साङ्लो’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलर निकै एक्सनप्रधान बनाइएको छ । ट्रेलरमा नायक विराज भट्टको एक्सन निकै धमकेदार तरिकाले प्रस्तुत गरिएको छ । ट्रेलरमा चलचित्रका प्राय: कलाकारलाई फिचर गरिएको छ ।

विराज भट्टको डेब्यु निर्देशनमा तयार भएको चलचित्रमा विराजसँगै निकिता चण्डक, जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त लगायतको मुख्य भूमिका छ । शिवम अधिकारीले लेखेको चलचित्रलाई तेज बहादुर खड्काले निर्माण गरेका हुन् ।

माघ २४ गते रिलिज हुने चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि