जेठ ०४, २०८१, शुक्रबार
               

यस्तो बन्यो परमिता र नीताको 'दि कर्मा' ट्रेलर

नेपाल फ्ल्यास
पुस १६, २०७६

ADVERTISEMENT

माघ १७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दि कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार सार्वजनिक गरिएको ट्रेलरलाई एक्सनमय बनाइएको छ ।

ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु करण वर्मा, परमिता आरएल राणा, नीता ढुंगाना, बुद्धि तामाङलाई देख्न सकिन्छ । ट्रेलर हेर्दा परमिता र बुद्धिलाई नेगेटिभ भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । नीता र करण भने चलचित्रमा जोडी बनेका छन् ।

चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । ‘जय मिडिया मेनेजमेन्ट’ र ‘श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्ट’को ब्यानरमा बनेको चलचित्रलाई जयराज राय, श्रीदेव बिएल र निशा खतिवडाले निर्माण गरेका हुन् । चलचित्रमा सारदा खड्का अर्याल सह निर्माताको रुपमा रहेकी छिन् ।


कस्तो लाग्यो ?

यो पनि