जेठ ०४, २०८१, शुक्रबार
               

‘१२ सत्ताईस’को ट्रेलर सार्वजनिक

नेपाल फ्ल्यास
पुस १६, २०७६

ADVERTISEMENT

माघ ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘१२ सत्ताइस’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा पैसा कमाउनको लागि गर्नु परेको चतुर्‍याईलाई देखाइएको छ । चलचित्रको विषयबस्तु पनि यसैको वरिपरी घुमेको छ ।

जोन योञ्जनको कथा तथा निर्देशन रहेको चलचित्रमा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोनराज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, विना कार्की, धर्मेन्द्रध्वज मल्ल, करन साउँदको मुख्यअभिनय रहेको छ ।

'ह्याप्पी प्ल्यानेट फिल्मस' र 'कमेरो फिल्म स्क्रिन'को संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रलाई रेणु राना, दिपक खातिवडा र रुपक थापाले निर्माण गरेका छन् । चलचित्रका सह-निर्माताको रुपमा गौतम शाह रहेका छन् ।

चलचित्रमा अनिश स्यांगदेनको छायांकन, कृष्ण भण्डारीको सम्पादन, विक्रम स्वारको कोरियोग्राफी रहेको छ । गीतमा दिपक आर.जे. र गिरिश खतिवडाको स्वर ,प्रकाश मल्लको शब्द र दिपक आर.जे. को संगीत रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि