जेठ ०४, २०८१, शुक्रबार
               

प्रमोद खरेलको 'लुकी लुकी' सार्वजनिक

नेपाल फ्ल्यास
पुस १६, २०७६

ADVERTISEMENT

गायक प्रमोद खरेलका धेरै गीतहरु हिट भएका छन् । पछिल्लो समय उनको गीत 'यो कुरा गोप्य' धेरैले रुचाए । डान्सिङ प्याट्रनमा बनेको यस गीत धेरै मेला महोत्सव र पार्टीमा बज्यो ।

उक्त गीतको सफलतापछि पुन: त्यहीँ गीतको भिडियो टिमसँग सहकार्य गरेर प्रमोदले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले बुधबार 'लुकी लुकी चोरी चोरी' बोलको गीत सार्वजनिक गरेका हुन् । उक्त गीतमा तारा अधिकारीको शब्द तथा रमेश कडरियाको संगीत रहेको छ ।

भिडियोमा यो कुरा गोप्यमा सहकार्य गरेका नाजिर हुसेन र एलिशा राई फिचर छन् । उनीहरुको जोडीलाई यो कुरा गोप्यमा निकै रुचाइएको थियो । त्यसैले पनि पुन उनीहरुलाई भिडियोमा काम गराइएको हो ।

शान थापाको निर्देशनमा बनेको भिडियोलाई अनिल के मानन्धरले खिचेका छन् भने कमल प्रसाईंले ड्रोन चलाएका छन् । राजिव समरको नृत्य निर्देशन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि