जेठ ०४, २०८१, शुक्रबार
               

'लभ डायरिज'को गीतमा सुशिल-रुविनासँगै ट्विनी गर्ल र कमला पनि

नेपाल फ्ल्यास
पुस १४, २०७६

ADVERTISEMENT

सुशील श्रेष्ठ स्टारर चलचित्र ‘लभ डायरिज’को नयाँ गीत सार्वजनिक गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै ‘छम छम’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेले स्वर दिएका छन् ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुशील र रुविना थापा, विश्वजीत रिमालसँगै टिकटकबाट चर्चामा आएका ट्विनी गर्ल प्रन्सी खतिवाडा र प्रिज्मा खतिवाडा, बाल गायिका कमला घिमिरे लगायतलाई फिचर गरिएको छ । हायात होटलको प्राङ्गणमा खिचिएको भिडियोमा एन्जिला खत्री र विक्रम लामाको करियोग्राफी रहेको छ ।

भ्यालेन्टाइन्स डेलाई लक्षित गर्दै फागुन २ गते रिलिज हुन लागेको यस चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । शाहिल खान चलचित्रमा एसोसियट निर्देशकका रुपमा रहेका छन् । मधु बास्तोलाको कथा र पटकथा रहेको चलचित्रमा विनोद सापकोटा निर्माता र सरोज तुलाधरको सह निर्माता रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि