जेठ ०४, २०८१, शुक्रबार
               

कस्तो होला प्रकाशको चलचित्र यात्रा ?

नेपाल फ्ल्यास
पुस १४, २०७६

ADVERTISEMENT

संगीतिक क्षेत्रमा प्रकाश सपुत स्थापित नाम हो । उनको शब्द, संगीत तथा स्वर रहेका धेरै गीतहरु बम्पर हिट छन् । 'बोल माया, गलबन्दी' जस्ता सफल गीत पनि प्रकाश कै शब्द संगीतमा तयार भएका हुन् । प्रकाश भिडियोमा पनि देखिन्छन् ।

अब भने प्रकाशलाई चलचित्रको ठुलो पर्दामा देख्न पाइने भएको छ । २०७२ सालमा रिलिज भएको चलचित्र 'परदेशी'को दोस्रो सिरिज 'परदेशी २'बाट उनले ठुलो पर्दामा डेब्यु गर्न लागेका हुन् । चलचित्रको लागि प्रकाशसँग कागजी सम्झौता भइसकेको छ ।

प्रकाशलाई सानै उमेरदेखि चलचित्रमा काम गर्ने रुचि थियो । चलचित्रको पर्दामा हिरो बनेर चिनिने लक्ष्य सहित काठमाडौं छिरेका प्रकाश गायक बनेर चिनिए । अब आफ्नो रहर पूरा गर्नलाई भएपनि उनी चलचित्रमा काम गर्दैछन् ।

प्रकाश आफ्नो रहर पूरा गर्न मात्र चलचित्रमा काम गर्न तयार भएका होइनन् । चलचित्रको विषयबस्तु र टिम राम्रो पाएपछि चलचित्रमा काम गर्न राजी भएको प्रकाश बताउँछन् । नारायण रायमाझीले निर्देशन गर्ने 'परदेशी २'ले वैदेशिक रोजगारमा लागेका युवाहरुको कथा भन्नेछ ।

संगीतिक क्षेत्रमा सफल ठहरिएका प्रकाशको चलचित्र यात्रा कस्तो हुने हो भन्ने धेरैको चासोको विषय बनेको छ । चलचित्रका प्रकाशको जोडी को हुने भन्ने पनि पक्का भइसकेको छैन् । नायिका पक्का भएपछि चलचित्रको औपचारिक घोषणा गरिने छ ।

चलचित्रको छायांकन फागुनबाट सुरु हुने चलचित्रले आगमी दशैंलाई रिलिज लक्ष्य राखेको छ ।


कस्तो लाग्यो ?

यो पनि