बैशाख २०, २०८१, बिहीबार
               

मोडल पायल रिहा

नेपाल फ्ल्यास
पुस ०२, २०७६

ADVERTISEMENT

मोडल र अभिनेत्री पायल रोहतगीलाई मंगलबार जमानतमा रिहा गरिएको छ।

उनलाई भारतका पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोपमा राजस्थान पुलिसले अहमदाबादबाट अघिल्लो आइतबार बिहान हिरासतमा लिएको थियो।

उनलाई २५-२५ हजारका दुई मुचुल्कामा जमानत दिइएको हो। 

गिरफ्तार भएपछि उनलाई लुट र हत्यालगायत आपराधिक मामिलामा आरोपित महिला कैदीसँग जेलमा राखिएको थियो।

पायलले नेहरू परिवारका बारेमा एउटा भिडियो जारी गरेकी थिइन्।

भिडियोमा उनले भनेकी थिइन्, ‘मलाई लाग्छ कि कांग्रेस परिवार ट्रिपल तलाकको विरुद्ध यसकारण थियो किनकि मोतीलाल नेहरूका पाँच पत्नी थिए। साथै मोतीलाल नेहरू जवाहरलाल नेहरूका सौतेनी पिता थिए।’
यो खबर अन्नपूर्ण पोस्टले छापेको छ।


कस्तो लाग्यो ?

यो पनि