बैशाख २०, २०८१, बिहीबार
               

चलचित्रमा डेब्यू गर्दै ऋतिक रोशनकी बहिनी

नेपाल फ्ल्यास
कात्तिक २२, २०७६

ADVERTISEMENT

काठमाडौं : बलिउड अभिनेता ऋतिक रोशन दर्शकको मनमा राज गरेका अभिनेता हुन् । आफ्नो डेब्यू चलचित्र ‘कहो ना प्यार है’ बाट यो साबित गरेका थिए । उनी चलचित्र क्षेत्रकै लागि जन्मिएका हुन् भन्ने चर्चा पनि हुने गरेको थियो । जुनसुकै उमेरका मानिसहरु पनि उनका प्रशंसक बनेका थिए ।

आज ऋतिक बलिउड इण्डस्ट्रीका सबैभन्दा सफल कलाकार मध्य एक बनेका छन् । अब ऋतिकको बाटोमा उनकी बहिनी पश्मिना रोशन पनि हिँड्ने क्रममा छिन् ।
मिडिया रिपोर्ट्सका अनुसार ऋतिक रोशनका काका राजेश रोशनकी छोरी पश्मिना रोशन छिट्टै बलिउडमा डेब्यू गर्ने छिन् । पश्मिना आफ्नो डेब्यूको तयारी गरिरहेकी भारतीय सञ्चारमाध्यमका समाचारमा उल्लेख छ । 

भारतको एक पत्रिकाका अनुसार आफ्नी बहिनी पश्मिनालाई ऋतिक रोशन आफैले गाइड गर्नुका साथै ट्रेनिङ समेत दिइरहेका छन् । उक्त समाचारमा भनिएको छ कि ऋतिक रोशन आफ्नी बहिनी पश्मिनालाई पर्सनली गाइड गर्न चाहन्छन् ।

ऋतिक रोशनको कुरा गर्ने हो भने पछिल्लो पटक उनको चलचित्र वार रिलिज भएको थियो । ऋतिकको उक्त फिल्ममा टाइगर श्राफ पनि मुख्य भूमिकामा थिए । ऋतिक र टाइगरको यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि