बैशाख २०, २०८१, बिहीबार
               

अक्षय कुमारको पारिश्रमिक कति ?

नेपाल फ्ल्यास
कात्तिक २२, २०७६

ADVERTISEMENT

भारतीय अभिनेता अक्षयकुमारको पारिश्रमिक कति होला ? यो अनमानभन्दा निक्कै बढीको विषय हो ।

बलिउड सुपरस्टार अक्षयकुमारको पारिश्रमिकले भारतीय फिल्म बजारमा पनि चर्चा पाएको छ अहिले ।

उनले एउटा चलचित्रमा अनुबन्ध हुन एक सय करोड भारतीय रुपैयाँ मागेपछि उनको पारिश्रमिकबारे चर्चा भएको हो ।

वासु भगनानीले बनाउन लागेको चलचित्रमा उनले सय करोड पारिश्रमिक मागेका हुन् ।

अक्षय, वासु र एमी इन्टरटेनमेन्ट मिलेर बनाउन लागेको नयाँ फिल्म रञ्जीत तिवारीको निर्देशन रहने बताइएको छ । तर फिल्म नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

फिल्मको कथावस्तु वास्तविक घटनामा आधारित हुनेछ । जसको धेरैजसो छायाङ्कन बेलायतमा हुनेछ ।

अक्षय अभिनय चलचित्र हाउसफुल ४ सफलतासाथ प्रदर्शन भइरहेको छ । सोही कारण उनको पारिश्रमिक बढेको हुन सक्छ । भारतमा सबैभन्दा बढी चलचित्र खेल्नेमा अक्षयको नाम अग्रपंतिमा आउँछ ।

 


कस्तो लाग्यो ?

यो पनि