बैशाख २०, २०८१, बिहीबार
               

को हुन् यी विश्व सुन्दरी !

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७६

ADVERTISEMENT

सुन्दरता मान्छेको हेराइमा भर पर्छ पनि भनिन्छ। हिजोआज भने सुन्दरताको मापन पनि वैज्ञानिक पद्धतिमा निकाल्न थालिएको छ।

हालै, गोल्डेन ब्युटी अफ ब्युटीका अनुसार संसारकै सर्वाधिक सुन्दर महिलामा अमेरिकी सुपरमोडल बेला हदिद परेकी छन्।

२३ वर्षीया बेला गणितीय समीकरणको सुन्दरता अनुपातमा ९४ प्रतिशत फिट हुँदै सूचीको अग्रपंक्तिमा अटाएकी हुन्। 

सुन्दरताको उक्त अनुपातलाई प्राचीन ग्रिकको ब्युटी फी नामक एक संयन्त्रमार्फत चेकजाँच गर्ने गरिन्छ।

सुन्दरताको उक्त परीक्षणमा ओठको आकारप्रकार, नाक, चिउँडो र दन्त लहरसहित अनुहारको बनावटलाई हिसाबकिताब गरिन्छ।

बेलाको अनुहार सर्वाधिक म्याच भएको हो। यो खबर आजको कान्तिपुरमा छापिएको छ।


कस्तो लाग्यो ?

यो पनि