बैशाख २०, २०८१, बिहीबार
               

'मोगुल'मा काम गर्ने भए आमिर

नेपाल फ्ल्यास
भदौ २४, २०७६

ADVERTISEMENT

चर्चित बलिउड नायक आमिर खान अन्तत चलचित्र मोगुलमा काम गर्न सहमत भएका छन् ।

निर्देशक यौन मुद्दाको विवादमा फसेपछि आमिरले त्यसबाट पछाडि सरेका थिए । चलचित्रमा सुभाष कपुर निर्देशक छन् ।

निर्देशकमाथि यौन दुर्व्यवहारको मामिला उठेपछि आमिरले सो चलचित्रमा काम नगर्ने बताएका थिए ।

आमिरले अब मोगुलमा आफू काम गर्न तयार रहेको जनाएका छन् । चलचित्रमा गुलसन कुमार जीवनकथा छ । आमिरले गुलसन कुमारको भूमिका निर्वाह गर्ने छन् ।

आमिरले सुरुमा काम नगर्ने निर्णय सही लागे पनि अहिले भने पछिल्लो अर्थात काम गर्ने निर्णय सही भएको ठानेका छन् ।

उनले यो निर्णयले आफ्नो आलोचना हुने हेक्का पनि गरेका छन् । तर आमिरले भनेका छन्- म ती आलोचनातर्फ ध्यान दिने छैन ।

पछिल्ला वर्षहरुमा उनको चलचित्र सुपरहिट हुने गरे पनि ‘ठग्स अफ हिन्दुस्तान’ भने जम्न सकेको थिएन ।


कस्तो लाग्यो ?

यो पनि