बैशाख २०, २०८१, बिहीबार
               

‘हेल्लारो’लाई भारतको राष्ट्रिय फिल्म पुरस्कार
उत्कृष्ट हिन्दी भाषी फिल्म 'अन्धाधुन्ध'

नेपाल फ्ल्यास
साउन २५, २०७६

ADVERTISEMENT

भारतको राष्ट्रिय फिल्म पुरस्कारमा २०१८ बाट हेल्लारो सर्वोत्कृष्ट चलचित्र बनेको छ । त्यो गुजराती भाषाको चलचित्र हो ।

राष्ट्रिय फिल्म पुरस्कारको ६६ औं संस्करणमा हिन्दी विधातर्फको अवार्ड भने ‘अन्धाधुन’ फिल्मले पाएको छ । अन्धाधुनको निर्देशन श्रीराम राघवनले गरेका हुन् ।

त्यस्तै सोही फिल्मका प्रमुख अभिनेता आयुष्मान खुरानाले सर्वोत्कृष्ट अभिनेताको अवार्ड पाए । खुरानासँगै ‘उरीः द सर्जिकल स्ट्राइक’का अभिनेता विक्की कौशललाई यो पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको थियो । 

सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार भने तेलुगू फिल्मको ‘महानटी’की अभिनेत्री कीर्ति सुरेशले पाइन् । 

फिल्म उरीका निर्देशक आदित्य धर सर्वश्रेष्ठ निर्देशक बने । उनले १५ वर्षको लगातारको असफलतापछि ठूलो सफलता पाएको प्रतिक्रिया दिएका छन् ।

त्यस्तै सहायक अभिनेतृको पुरस्कार सुधा सीकरीलाई प्राप्त भयो । उनलाई यो पुरस्कार हिन्दी भाषाको फिल्म ‘बधाई हो’को लागि दिइएको हो ।

सर्वश्रेष्ठ संगीत निर्देशनको पुरस्कार पद्मावत फिल्मका लागि संजय लीला भंसालीले जितेका छन् । सर्वश्रेष्ठ गायकको पुरस्कार सोही फिल्मको गितको लागि अरिजित सिंहले पाए ।


कस्तो लाग्यो ?

यो पनि