बैशाख २०, २०८१, बिहीबार
               

‘रातो टीका निधारमा’को गीतमा साम्राज्ञी र अंकितको रोमान्स

नेपाल फ्ल्यास
साउन २५, २०७६

ADVERTISEMENT

चलचित्र ‘रातो टिका निधारमा’को ‘मेरो माया के हो’ गीत सार्वजनिक भएको छ ।

गीतमा नायिका साम्राज्ञी र नवनायक अंकित शर्माको रोमान्स देख्न सकिन्छ । गीतमा निशान भट्टराई र अस्मिता अधिकारीको स्वर छ । गीतलाई रवि मल्लले लेखेका हुन्, यसमा कल्याण सिंहको संगीत छ ।

चलचित्रलाई अशोक शर्माले निर्देशन गरेका हुन् । चलचित्र निर्माता कृति र किरण शर्मा हुन् । 

चलचित्रमा बुद्धि तामाङ, राजाराम पौडेल, नीता ढुंगाना, रविन्द्रा झा, शिवहरी पौडेल, खुस्बु खड्कालगायतका कलाकारले खेलेका छन् ।


कस्तो लाग्यो ?

यो पनि