बैशाख २०, २०८१, बिहीबार
               

सबैको नजर सेलेना गोमेजमा

नेपाल फ्ल्यास
जेठ २९, २०७६

ADVERTISEMENT

हलिउडकी चर्चित नायिका तथा गायिका सेलेना गोमेज एक चलचित्र प्रिमियरमा पुग्दा सबैको आँखा उनीतिर खिचियो।

कालो पोशाकमा रहेकी उनले प्रिमियर शोमा पुगेका सबैलाई आकर्षित गर्न सकिन्।

उनी सन् २०१६ देखि सक्रिय रूपमा चलचित्रमा काम गरिरहेकी छन्।

२६ वर्षीया गोमेज चर्चित अमेरिकी गायक जस्टिन बिबरका पूर्व प्रेमिका हुन्। उनी सोमबार हलिउड चलचित्र ‘द डेड डोन्ट लाई’ चलचित्रको प्रिमियर सोमा पुगेकी थिइन्। यस चलचित्रमा उनको भूमिका महत्त्वपूर्ण छ।

जब सेलेना त्यहाँ पुगिन्। सबैको नजर उनीमा पर्‍यो। कारण थियो कालो पोसाकमा उनको आकर्षक व्यक्तित्व।

चलचित्रको प्रिमियर म्युजियम अफ मोडर्न आर्टमा गरिएको थियो। चलचित्र गत मे महिनाको १४ तारिखमा कान्स फेस्टिभलमा रिलिज गरिएको थियो।

अमेरिकामा यो चलचित्र यसै महिनाको १४ तारिखदेखि प्रदर्शन हुन लागेको छ। एजेन्सी


कस्तो लाग्यो ?

यो पनि