बैशाख २०, २०८१, बिहीबार
               

सलमानको 'भारत'को पाँच दिनको कमाइ १५० करोड

नेपाल फ्ल्यास
जेठ २८, २०७६

ADVERTISEMENT

भारतका स्टार अभिनेता सलमान खान अभिनित 'भारत'ले रिलिजको पाँच दिनमा १ सय ५० करोड भारतीय रुपैयाँभन्दा बढी कमाएको छ।

७० देशका १३ सय पर्दामा एकसाथ रिलिज भएको सिनेमाको यो कमाइ घरेलु वक्सअफिसबाट मात्रैको हो ।

'भारत' सलमानको करियरको सबैभन्दा धेरै सुरूवाती व्यापार गर्ने सिनेमा भएको छ।

इदको अवसर पारेर रिलिज गरिएको सिनेमामा सलमान र क्याटरिना कैफको जोडी छ।

अलि अब्बास जफर निर्देशित सिनेमा कोरियन सिनेमा 'ओडे टु माइ फादर'को हिन्दी संस्करण हो।

यो सिनेमाले रिलिजको पहिलो दिन बुधबार ४२.३० करोड र दोश्रो दिन ३१ करोड भारुको कमाइ गरेको थियो।


कस्तो लाग्यो ?

यो पनि