बैशाख २०, २०८१, बिहीबार
               

सारेगमपमा प्रितम तेस्रो र आयुष चौथो बने

नेपाल फ्ल्यास
जेठ २७, २०७६

ADVERTISEMENT

भारतीय टेलिभिजन रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका दुई बालगायक तेस्रो र चौँथोमै चित्त बुझाउन बाध्य भएका छन्। जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । 

अर्का नेपाली बालक आयुष केसी चौथो भएका छन् । आइतबार साँझ भएको जी टीभीको फाइनल कार्यक्रममा उत्रिएका प्रितम आचार्य तेस्रो हुँदा आयुष केसी चौथो भए। 

फाइनल राउन्डमा ६ जना पुगेका थिए। आयुषको स्थायी घर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-१ हो । हाल उनी भक्तपुरमा बसेर  मोर्डन बोर्डिङमा कक्षा ७ मा पढ्छन् । 

प्रितम इटहरीको विश्व आदर्श विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् ।  २०६५ जेठ १० मा जन्मिएका प्रितमले ४ वर्षदेखि गीत गाउन थालेका थिए । कक्षा ६ मा अध्ययनरत उनी २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा दोस्रो भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि