मंसिर ०७, २०८१, शुक्रबार
               

नेप्सेलाई अर्थमन्त्रालयको तीन दिने स्पष्टीकरण

नेपाल फ्ल्यास
साउन १४, २०७८

ADVERTISEMENT

काठमाडौं । अनाधिकृत रुपमा शेयर खरीद गरेको भन्ने विवरण सार्वजनिक भएपछि अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्जलाई स्पष्टीकरण सोधेको छ । 

साधारण शेयर बिक्री गर्न लागेको एक कम्पनीको शेयर नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको परिवारले खरीद गरेको पाइएपछि मन्त्रालयले आज स्पष्टीकरण सोधेको छ । 

मन्त्रालयले विभिन्न सञ्चारमाध्यमा आएका विभिन्न विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थता के हो ? सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र यस मन्त्रालयमा उपलब्ध गराइदिन भनिएको छ ।

मन्त्रालयले आजै नेपाल धितोपत्र बोर्डलाई पनि सोही बेहोराको पत्र लेख्दै स्पष्टीकरण सोधेको थियो । 


कस्तो लाग्यो ?

यो पनि