जेठ ०८, २०८१, मंगलबार
               

आज ३०० रुपैयाँ बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
बैशाख ०६, २०७८

ADVERTISEMENT

नेपाली बजारमा सुनको मूल्य सोमबार पनि बढेको छ । सुन आज प्रतितोला ३०० रुपैयाँ बढेको हो । आइतबार २०० रुपैयाँ बढेको थियो ।

गत हप्ता शुक्रबार सुन सात सयले बढेको थियो । बिहीबार ३ सयले बढेको थियो । आज छापावाला सुनको प्रतितोला ९१ हजार मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार ५ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य भने आज पनि स्थिर छ । आज चाँदी तोलामा एक हजार ३०० मा कारोबार भइरहेको छ।


कस्तो लाग्यो ?

यो पनि