बैशाख ०७, २०८१, शुक्रबार
               

बुधबार नेप्से सूचक दोहोरो अंक बढ्यो

नेपाल फ्ल्यास
चैत ११, २०७७

ADVERTISEMENT

काठमाडौं । बुधबार नेप्से सूचक दोहोरो अंकले वृद्धि भएको छ । 

बुधबार नेप्से सूचक ४१.३६ अंकले बढेर २५७०.३१ विन्दुमा आइपुगेको छ । आधा दर्जन कम्पनीको भाउ सर्किट लाग्ने तहमा वृद्धि भएको छ । खरिदबिक्री रकममा ६५ करोड रुपैयाँभन्दा बढीसहित निफ्रा अग्रस्थानमा रहेको छ । दोस्रोमा अपर तामाकोशी र तेस्रोमा नेपाल बंगलादेश बैंक रहेका छन् ।

६ अर्ब ६७ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एक करोड ६९ लाख ३४ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् । बुधबार हाइड्रोपावरबाहेक सबै समूहको सूचकमा वृद्धि भएको छ । यसदिन इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स, होटेल्स तथा पयर्टन, बिमा, फाइनान्सलगायत समूहको सेयर खरिदबिक्री अधिक रहे ।


कस्तो लाग्यो ?

यो पनि