बैशाख २१, २०८१, शुक्रबार
               

उखु किसान र सरकारबीच चारबुँदे समझदारी, आन्दोलन स्थगित

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौं । उखु किसान र सरकारबीच चारबुँदे समझदारी भएको छ । 

बाँकी बक्यौता लिन बाँकी रहेको भन्दै मंसिर अन्तिम सातादेखि काठमाडौैंमा आन्दोलित उखु किसान र उद्योग मन्त्रालयबीच सोमबार भएको वार्ताममा सो सहमति भएको हो । सहमितमा २१ दिनभित्र सरकारले किसानको सबै बक्यौता रकम उपलब्ध गराउने उल्लेख छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाका अनुसार किसान प्रतिनिधिसँग भएको समझदारीपछि काठमाडौंमा जारी आन्दोलन स्थगन गर्न किसान प्रतिनिधि तयार भएका छन् । 

उनका अनुसार किसानको बक्यौता २१ दिन भित्र उद्योगीबाट दिलाई दिन मन्त्रालयले पहल गर्ने त्यो सम्भव नभए कानुनी प्रक्रिया अघि बढाउने गरी सहमति गर्न किसान प्रतिनिधि तयार भएका छन् । 

बक्यौता लिन बाँकी रहेको र सो प्राप्त गर्नका लागि आन्दोलनका लागि किसानहरु यही मंसिर २७मा काठमाडौं आएका थिए । गत वर्ष पनि उनीहरु बाँकी बक्यौता प्राप्त गर्न भन्दै राजधानी काठमाडौंमा आन्दोलित भएका थिए ।

तर, उनीहरु गत वर्ष पनि यसरी नै बाँकी बक्यौता प्राप्त गर्ने भन्दै घर फर्किएका थिए । गत वर्षको सहमति कार्यान्वयन नभएपछि यस वर्ष आन्दोलनका लागि उनीहरु काठमाडौं आएका थिए । 

 

यो पनि