जेठ ०७, २०८१, सोमबार
               

चोरी तस्करी नियन्त्रणबाट २२ लाख रुपैयाँ राजस्‍व असुली

रासस
असोज १४, २०७७

ADVERTISEMENT

महोत्तरी । चालू आर्थिक वर्षको पहिलो अढाइ महिनामा चोरी तस्करी नियन्त्रणबाट प्रहरीले २२ लाख रुपैयाँभन्दा बढी राजस्‍व असुली गरेको छ ।

लकडाउनका कारण जिल्लाका भन्सार कार्यालय बन्द रहेको अवस्थामा विभिन्न चोरबाटो हुँदै नेपालबाट भारत र भारतबाट नेपालतर्फ हुने गरेको चोरी तस्करी नियन्त्रणबाट प्रहरीले २२ लाख २२ हजार ३ सय ९३ रुपैयाँ राजस्व असुली गरेको महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए ।  

उनका अनुसार उक्त अवधिमा नेपालबाट भारततर्फ चोरी निकासी गर्न लागिएको पशु चौपाया, मोटर र भारतबाट नेपालतर्फ चोरी पैठारी गर्न लागिएको चिनी, तेल, लत्ताकपडा, विभिन्न किराना सामान तथा सो सरसामान ओसारपसार गर्न प्रयोग गरिएका चार थान मोटरसाइकलसहित २२ लाख २२ हजार ३९३ मूल्य बराबरको सामान बरामद गरिएको हो ।

यसैगरी, नेपालबाट भारत र भारतबाट नेपाल चोरी तस्करी गर्नमा संलग्न रहेको आरोपमा १० व्यक्तिलाई नियन्त्रणमा लिई उनीहरुमाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि