विश्व बैंकले सन् २०२० मा चीनको अर्थतन्त्र दुई दशमलव शून्य प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । यसअघि सो बैंकले जुनमा चीनको आर्थिक वृद्धि एक प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको थियो ।
यो वृद्धि सरकारी खर्च, बलियो निर्यात र मार्चदेखि चीनमा कोभिड–१९ संक्रमण नियन्त्रणमा रहनुलगायत विषयमा आधारित भएर गरिएको हो ।
चीनको आर्थिक वृद्धि दरमा कोरोना भाइरसको महामारीका कारण घरेलु खपतमा आएको कमी र कोरोना भाइरसको विश्वव्यापी प्रभावका कारण अघिल्लो वर्षको तुलनामा यो वर्ष अर्थतन्त्रमा अपेक्षाकृत सुधार भने हुन सकेको छैन।