जेठ ०६, २०८१, आइतबार
               

यात्रु मारेर व्यवसाय अगाडि बढाउन सक्दैनौँ : हवाई उडान व्यवसायी

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । वायुसेवा सञ्चालकहरुले ५० प्रतिशत मात्र यात्रु राखी ५० प्रतिशत बढी भाँडा लिएर उडान गर्नुपर्ने सरकारको निर्णयमा असहमति जनाएका छन् ।

व्यवसायीले भने भर्खरै महामारीका कारण घरभित्रै थुनिएर बसेका यात्रुले मँहगो भाडा तिरेर यात्रा गर्न नसक्ने भन्दै असहमति जनाएका हुन् ।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा वायु सञ्चालकहरुले १ असोजमा उडान खुला गर्ने निर्णय सार्वजनिक  गरेको छ । 

त्यसैगरी, समिटर एयरका प्रवन्ध निर्देशक मनोज कार्कीले सोही दिन जहाज उड्न गर्न नसक्ने र ५० प्रतिशत यात्रु राखेर उडान सम्भव नभएको बताएका छन् । 

मन्त्रालयले भने यसअघि तोकिएको सबैभन्दा माथिल्लो दरमा भाडा लिन पाउने गरी सहमति गर्न प्रस्ताव गरेको छ ।

‘५० प्रतिशत मात्र यात्रु राख्नुपर्ने विषयमा हाम्रो असहमति छ,’ छलफलमा सहभागी एक व्यवसायीले भने,  कार्कीले भने, ‘अन्य विषयमा समस्या होइन, यात्रुको संख्यामा सहमति भए ५ असोजबाट जहाज उडाउन उडान गर्न सकिन्छ ।’ 

यसका अलवा व्यवसायीले भाडा बढाउने निर्णयम आफ्नो असहमति रहेको बताएका छन् । यात्रुलाई मार पारेर व्यवसाय अगाडि बढाउन नसकिने उनीहरुको भनाइ छ । 

यो पनि