जेठ ०१, २०८१, मंगलबार
               

रौतहटका दुई स्थानीय तहद्वारा कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

रौतहट । रौतहटका दुई स्थानीय तहले कोरोना भाइरस नियन्त्रण  र रोकथाममा भएको खर्च विवरण सार्वजनिक गरेका छन् ।

रौतहटका मौलापुर र गुजरा नगरपालिकाले सो खर्च विवरण सार्वजनिक गरेका हुन् । 

गुजरा नगरपालिकाद्वारा सार्वजनिक खर्च विवरणमा क्वारेन्टिन निर्माण, व्यवस्थापन तथा संचालन खर्चमा २५ लाख ३९ हजार पाँच सय २४ रुपैयाँ र १ हजार ३ सय २६ घर परिवारलाई पहिलो चरणको राहत वितरणमा १४ लाख ४० हजार खर्च भएको  सार्वजनिक विवरणमा उल्लेख छ । 

दोस्रोे चरणामा चार हजार एक सय घर परिवारलाई राहत वितरण गर्दा ४५ लाख १२ हजार चार सय ,कोरोना संक्रमण रोकथाम सम्बन्धी औषधि तथा सुरक्षा सामग्री खरिदमा २० लाख १७ हजार ६ सय १९ र एम्वुलेन्स भाडा, बस भाडा, सूचना प्रशारण लगायतका विविध खर्चमा ३ लाख २२ हजार २ सय ५५ खर्च भएको सूचनामा उल्लेख गरेको छ । 

त्यसैगरी, कोरोना भाइरस नियन्त्रण तथा राहत वितरणमा गरी मौलापुर नगरपालिकाको कुल एक करोड ८ लाख ३१ हजार ७ सय ९८ रुपैयाँ खर्च भएको मेयर रिनाकुमारी साहले जानकारी दिइन् । 
नगरपालिकाका अनुसार प्रदेश सरकारबाट प्राप्त अनुदान सहितको जम्मा रकम सार्वजनिक गरिएको हो । 

यस्तै गुजरा नगरपालिकाले पनि खर्च विवरण सार्वजनिक गरेको छ । गुजरा नगरपालिकाले कोरोना नियन्त्रण राहत, कर्मचारीहरुको बिमा तथा जोखिमभता लगायत शीर्षकमा कुल ५ करोड, २४लाख, ४७ हजार, दुईसय ६७ रुपैयाँ ५६ पैसा खर्च भएको जनाएको छ  ।


कस्तो लाग्यो ?

यो पनि