जेठ ०१, २०८१, मंगलबार
               

ओम्नीलाई कालोसूचीमा राखियो, एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबिसिआई)  कम्पनी कालोसूचीमा परेको छ ।

विवादास्पद स्वास्थ्य उपकरण खरिद प्रक्रियामा सहभागी भएको भन्दै चौतर्फी आलोचना हुँदै आएको सो कम्पनीलाई सोमबार सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना प्रकाशित गर्दै एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो ।

यसअघि ओम्नीलाई कालोसूचीमा पर्न नदिन राजनीतिक चलखेल  हुँदै आएको थियो ।

संसदीय समितिहरुले पनि कालोसूचीमा नराखिएकोबारे चासो दिनु र आमजनस्तरबाट सो विषयलाई लिएर सरकारको आलोचना हुने क्रम बढेसँगै कालोसूचीमा राखिएको हो । 

स्वास्थ्य सेवा विभागले गत चैत १९ गते ओम्नीसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो । कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो । तर, बिनाप्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भनी सरकारको आलोचना भएको थियो । 

यो पनि