काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ठूला तरकारी बजारमा भीड गरे कारबाही गर्ने चेतावनी दिएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बल्खु र कालीमाटी तरकारी बजारको छड्के अनुगमन गर्दै सोमबार यस्तो चेतावनी दिएका हुन् ।
उनले बल्खु र कालीमाटी तरकारी बजार अनुगमन गरेका थिए । उनी सोमबार बिहानै पाँच बजे कालीमाटी बजार हुँदै बल्खु तरकारी बजार पुगेका थिए ।