काठमाडौं । प्रहरीले अब बैंकका कर्मचारीलाई कार्यालय आउन जानमा रोक नलगाउने भएको छ ।
निषेधाज्ञामा बैंकका कर्मचारीहरुलाई बैंकको परिचयपत्रका आधारमा कार्यालय जान/आउन नदिएपछि चौतर्फी विरोध र बैंकहरुले आपत्ति जनाएपछि बैंकका कर्मचारीलाई कार्यालय आउजाउमा रोक नलगाउने भएको हो ।
प्रहरीले बैंकका कर्मचारीलाई कार्यालय आउजाउमा रोक लगाएपछि बिहीबार नेपाल बैंकर्ष संघले बैंकका शाखा कार्यालय बिहीबार नखोल्न भनेको थियो ।
महानगरीय प्रहरी कार्यालयले पनि कार्यालय हिँडेका कर्मचारीलाई नरोक्न आदेश आएको बताएको छ । तर, नेपाल बैंकर्स संघले भने प्रहरीले अब पनि रोक्दैन भन्नेमा विश्वास नरहेको बताएको छ ।