बैशाख २०, २०८१, बिहीबार
               

विश्व बैंकद्वारा नेपाललाई ४५ करोड अमेरिकी डलर ऋण सहायता प्रदान

नेपाल फ्ल्यास
साउन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्व बैंकले नेपाललाई ४५ करोड अमेरिकी डलर (५४ अर्ब रुपैयाँ) ऋण सहायता प्रदान गरेको छ ।

शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले यस सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

विश्व बैंकले रणनैतिक सडक सञ्जाल तथा व्यापार सुधार आयोजनाका लागि सो सहायता प्रदान गरेको हो । 

यो आयोजना नेपाल सरकार र विश्व बैंकबीच हालसम्म भएको सबैभन्दा उच्च मूल्यको एकल आयोजना भएको समेत बैंकले जनाएको छ ।
विश्व बैंकले यो सहयोग रकम परिचालनबाट कोभिड-१९ पछि आर्थिक गतिविधिलाई बढावा दिन सहयोग पुग्ने पनि बताएको छ । 

विश्व बैंकले सो रकम नागढुंगा-नौबिसे-मुग्लिङ सडकखण्ड सुधार गर्न प्रयोग गरी  कमला-ढल्केबर-पथलैया सडकको स्तरोन्नति गर्दै चार लेनको बनाउन सो रकम उपयोग हुने बताएको छ ।

यो पनि