बैशाख २७, २०८१, बिहीबार
               

कोरोनाविरुद्ध लड्न सूर्य नेपालकाे ७ करोड सहयोग

नेपाल फ्ल्यास
साउन ०२, २०७७

ADVERTISEMENT

सूर्य नेपाल प्रालिले कोरोना भाइरसविरुद्ध लड्न ७ करोड रकम सहयोग गरेको छ । सूर्य नेपालले कोरोनासँग लड्न प्रत्येक प्रदेशमा एक करोडको दरले सातवटै प्रदेशमा गरी ७ करोड रकम सहयोग गरेको हो ।

एक समारोहबीच  कम्पनिका भाइस प्रेसिडेण्ट–कर्पोरेट रवि केसीले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई एक करोडको चेक हस्तान्तरण गरेका छन् ।

यसैगरी, कम्पनीका तनहुँ कारखाना प्रमुख बाबुराम कार्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई एक करोडको चेक हस्तान्तरण गरे । साथै बाँकी प्रदेशहरुः प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरुलाई पनि छिट्टै सहायता
रकम हस्तान्तरण गर्ने कम्पनीले जनाएको छ ।

सूर्य नेपाल प्रालिले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस अघि पनि देशमा दैवी तथा अन्य प्रकोपलाई प्राथमिकतामा राखी विभिन्न कार्यमा सहयोग गर्दै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि