बैशाख २६, २०८१, बुधबार
               

आर्थिक वर्षको अन्त्यमा शोधभर्ना लिँदा असार मसान्तमा बढी खर्च देखिएको हो : खतिवडा

नेपाल फ्ल्यास
साउन ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले असार मसान्तमै बढी खर्च देखिनुको मुख्य कारक आयोजना प्रमुख भएको  बताएका छन् ।

असार १५मा सबैभन्दा बढ खर्च गर्ने  मन्त्रालयहरुमध्ये अर्थमन्त्रालय अग्रस्थानमा रहेको भनी आलोचना भइरहेका बेला बिहीबार अर्थ समितिको बैठकमा अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । 

‘सम्बन्धित आयोजना प्रमुखहरूले समयमा नै शोधभर्ना नगर्ने र असार मसान्तमा मात्रै गर्ने भएकाले यस्तो देखिएको हो,’ उनले भने,  ‘ भुक्तानी दाबी ढिलो गरी आउने र आयोजनाको शोधभर्ना नगर्ने प्रवृतिले आर्थिक वर्षको अन्त्यमा खर्च बढी देखिने गरेको हो ।’ 

यसका अलवा उनले भुक्तानी ढिलो हुनुको प्रमुख कारण आयोजना प्रमुखहरूले समयमा दाबी नगर्ने तथा शोधभर्ना नलिनु रहेको बताए । 

आर्थिक वर्षको अन्त्यमा मात्रै शोधभर्ना लिँदा असार मसान्तमा खर्च बढी देखिएको उनको भनाइ थियो ।

‘भुक्तानी ढिलो हुनमा आयोजना प्रमुखहरूले समयमा दाबी गर्नुहुन्न, सोधभर्ना लिनुहुन्न । सोधभर्ना लिनलाई ताकेता गरिरहनुपर्छ र बल्लबल्ल स्रोतको सोधभर्ना आउँछ । सोधभर्ना पनि फेरि जेठ र असारमा धेरै आउँछ । असारमा सोधभर्ना आउँदाखेरी विदेशी सहायता पनि देखिन्छ र खर्च पनि त्यहाँ नै देखिन्छ,’ उनले भने, ‘राजस्व पनि असार मसान्तमा धेरै उठ्ने भएकाले त्यसको आधारमा भुक्तानी बढी हुँदा पनि असारमा खर्च धेरै देखिने गर्छ ।’

मन्त्री खतिवडाले बजेट कार्यान्वयन, आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व ऐनअनुसार खरिदमा विवेक र ढंग पुर्‍याउन नसके विवादमा पर्नसक्ने भएकाले पनि खर्चका प्रक्रियामा कठिनाइ र हुने गरेको बताए ।

अर्थमन्त्री आलोचनाबाट बच्न खोजिरहे पनि पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ समितिले यसअघि दिएका निर्देशन मन्त्रालयले कार्यान्वयन नगरेको  आरोप लगाए । 

 ‘एउटा सबल समयमा सबल अर्थतन्त्र उहाँको हातमा थियो । तर त्यसलाई उहाँले एउटा स्वेतपत्र जारी गर्नुभयो । स्वेतपत्र जारी गरिसकेपछि हामीलाई पनि लागेको थियो यो दुईवटा बजेट आउँदा खेरी मुलुकले फड्को नै मार्ला जस्तो लागेको थियो,’ उनले भने, ‘तर,  मुलुकले केही फड्को मार्न सकेको छैन ।झन अनियमितता बढेर गएको छ ।’

यो पनि